Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

कविता जोशीले एकै ओभरमा दुई विकेट लिएपछि खेलमा फर्कियाे नेपाल

एसिसी महिला प्रिमियर कप २०२४ को फाइनल प्रवेशका लागि भइरहेको खेलमा एकै ओभरमा चौथो र पाँचौँ विकेट गुमाएपछि मलेसिया गहिरो संकटमा देखिएको छ । 

महत्वपूर्ण साझेदारी गर्दै जिततर्फ लम्किरहेको मलेसियालाई कविता जोशीले एकै ओभरमा संकटमा पारिदिइन् । कविताले आफ्नो पहिलो स्पेलको तेस्रो बलमा महिराह इजाती इस्माइललाई पेभेलियन पठाइन् । सोही ओभरको अन्तिम बलमा महिराहको स्थानमा आएकी इन्टान जमहीदायूलाई शून्य रनको अवस्थामा आउट गरिन् । 

नेपालले दिएको एक सय १६ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले १४.३ ओभरमा ७२ रनको अवस्थामा चौथो झड्का व्यहोरेको थियो । महिराहले २२ बल खेल्दै १६ बनाएकी थिइन् । आउट हुन अघिल्लो बलमा उनले कवितालाई चौका प्रहार गरेकी थिइन् ।लगत्तै आएकी इन्टानले जम्मा दुई बल खेलिन् र कुनै रन बनाइनन् । नयाँ पत्रिका

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com