Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

सप्तरीमा आगलागी हुदाँ लाखौँको क्षति

फागुन,१२ काठमाडौं । सप्तरीको सुरुङ्गा नगरपालिका-९ बैरबोनामा आगलागी हुँदा लाखौँको क्षति भएको छ । आज स्थानीय रामचन्द्र यादवको घरमा बिजुलीको तार सर्ट भइ आगलागी हुँदा झन्डै २० लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

आगलागीबाट यादवको एक तले फुसको घरका साथै सम्पूर्ण समान जलेर नष्ट भएको छ भने छिमेकी परीक्षण यादव, राम किसुन यादव, चन्द्रदेव यादव, बलराम यादव, रामवृष यादवको घर तथा सामान जलेको छ ।

राजविराज र लाहानको दमकल तथा स्थानीयवासी, नेपाल तथा सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता नरेश कुमार सिंहले बताउनु भयो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com