Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

मंसिर,१३ काठमाडौं । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा एक सुत्केरीको मृत्युभएको छ । सुत्केरी गराउन सोमवार अस्पताल भर्ना भएकी गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक घर भइ अहिले रुपन्देहीको भैरहवा बस्ने ३२ वर्षकी भवानी रास्कोटीको मृत्युभएको हो । अस्पतालमा बच्चा जन्माएपछि भवानीको हिजो मृत्युभएको छ । नवजात शिशु भने सकुशल रहेको अस्पताल व्यवस्थापनले बताएको छ ।

तर सुत्केरीको ज्यान जानुको कारण खोज्दा विवाद शुरु भएको थियो । विवाद सुल्झाउन गएराति अबेरसम्म वार्ता भएको र त्यसक्रममा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर राजेन्द्र बस्याललाई आफन्तबाट कुटपिट भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताउनुभयो ।

उहाँले घटनाका वारेमा थप अनुसन्धान भइरहेको समेत बताउनुभएको छ । कुटपिटबाट घाइते भएका डाक्टर बस्यालको लुुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सघन उपचार कक्षमा राखेर उपचार भैरहेको छ । अस्पतालमा तोडफोडसहित कुर्ची भाँचेर उनीहरुले डाक्टर बश्याललाई प्रहार गरेका त्यहाँ कार्यरत डाक्टरको भनाइ छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com