Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

जनार्दन शर्माले संसदमा आफ्ना कुरा राख्ने

असार, २२ काठमाडौं । विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आफ्ना कुरा राख्ने भएका छन्।
प्रतिनिधि सभाको बैठक अहिले ११ बजे बस्दैछ। सोही बैठकमा शर्माले आफ्ना कुरा राख्न लागेको उनीनिकट स्रोतले जानकारी दियो।

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बुधबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकपछि शर्माले संसदबाट आफ्ना कुरा राख्न लागेका हुन्।

बैठकमा सहभागी माओवादी नेता हरिबोल गजुरेलले अर्थमन्त्री शर्माले आज आफ्नो कुरा राख्ने र त्यसपछिको अवस्था हेरेर अघि बढ्ने तयारी रहेको बताए।

‘यसबारे प्रतिपक्षी दलसँग पनि कुरा भइरहेको छ भने कानुन मन्त्रीले पनि परामर्श गरिरहनुभएको छ,’ गजुरेलले भने,‘सभामुखले पनि यसबारे केही निर्णय लिनुहुन्छ होला।’

आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ।

बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com