Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

महिला विश्व कप : दक्षिण कोरिया र मोरक्को, नर्वे र फिलिपिन्स, स्विट्जरल्यान्ड र न्युजिल्यान्ड तथा जर्मनी र कोलम्बिया खेल्दै

काठमाण्डाै – फिफा महिला विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज दक्षिण कोरिया र मोरक्को, नर्वे र फिलिपिन्स, स्विट्जरल्यान्ड र न्युजिल्यान्ड तथा जर्मनी र कोलम्बिया खेल्दैछन् ।

आज हुने पहिलो खेलमा बिहान सवा १० बजे समूह ‘एच’ का दक्षिण कोरिया र मोरक्कोबीच खेल हुनेछ ।

त्यस्तै, समूह ‘ए’ का नर्वे र फिलिपिन्स तथा स्विट्जरल्यान्ड र न्युजिल्यान्ड दिउँसो पौने १ बजे खेल्नेछन् । अर्को खेलमा समूह ‘एच’ का जर्मनी र कोलम्बियाबीच दिउँसो सवा ३ बजे खेल हुनेछ ।

हिजो भएका खेलमा स्विडेनले इटालीलाई ५–० गोलले, फ्रान्सले ब्राजिललाई २–१ गोलले र जमैकाले पानामालाई १–० गोलले हरायो । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com