Yeti Khabar

२०८१ बैशाख २७, बिहीबार - Thu May, 2024 -

रेनु दाहाल र पोखरा महानगरपालिका धनराज आचार्यबीच भेटवार्ता

आसार, ४ काठमाडौं । भरतपुर महानगर प्रमुख रेनु दाहाल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबीच आज भरतपुर महानगरपालिकामा भेटवार्ता भएको छ । भेटका क्रममा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए ।

छलफलका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर र पोखराबीच यसअघि नै भगिनी सम्बन्ध कायम भइसकेकाले राम्रा कार्यमा सहकार्य कायम रहने विचार व्यक्त गरिन् । मेयर दाहालले महानगरपालिकाले एक अर्कोको राम्रा अभ्यासको सिको गर्नुपर्ने बताइन् ।

भरतपुर, पोखरा र लुम्बिनीको यसअघि नै त्रिकोणात्मक पर्यटनका लागि सहकार्य हुँदै आएको छ । पोखरा महानगरपालिकाको ६ सदस्यीय टोलीले भरतपुर महानगरबाट हुने सेवा, अनलाईन प्रणाली, खरिद व्यवस्थापन, योजना कसरी छनोट गर्ने भन्ने विषयमा जिज्ञासा राखेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com