Yeti Khabar

२०८० चैत्र ६, मंगलवार - Tue Mar, 2024 -

पत्रकारमाथि दुर्व्यवहार गर्ने प्राधिकरणका हाकिमसहित ८ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा

जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार कृष्ण आचार्यमाथि दुर्व्यवहार गरेको आरोपमा विद्युत प्राधिकरण भरतपुरका हाकिमसहित ८ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ।

हिजो (शनिबार) पत्रकार आचार्यले किटानी जाहेरी दिएको आधारमा प्रहरीले आज मुद्दा दर्ता गरेको हो। आचार्यले प्राधिकरणका कार्यालय प्रमुख राजिब सिंह, सुपरभाईजर इलेक्ट्रिकल आन्नद बहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटर रिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेलविरुद्ध किटानी जाहेरी दिएका थिए।

कार्यालय प्रमुख सिंह बाहेक अन्य आरोपित शनिबारबाट नै प्रहरीको हिरासतमा रहेका छन्। मुद्दा दर्ता भएसंगै सिंहलाई पनि पक्राउ पुर्जी जारी गर्ने तयारीमा प्रहरी रहेको छ। अभद्र व्यवहार सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने कानुनी व्यवस्था छ। १ वर्षसम्म कैद, दस हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था मुलुकी अपराध संहिताले उल्लेख गरेको छ।

शुक्रबार रिपोर्टिङमा पुगेका पत्रकार आचार्यलाई कार्यलय परिसरमै मदिरा सेवन गरिरहेको कर्मचारीले कुटपिट गरेका थिए। आचार्यको हातमा चोट लागेको छ। भने कपडा समेत च्यातिदिएका थिए। आचार्य नारायणी अनलाइनको सम्पादक तथा प्रेस चौतारी चितवनको उपाध्यक्ष हुन्। नागरिक दैनिक

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com