Yeti Khabar

२०८१ जेष्ठ ६, आईतवार - Sun May, 2024 -

शीर्ष नेताहरूको बैठक सुरु

बैशाख,२५ काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ। आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक सुरु भएको हो।

संसद्को बर्खे अधिवेशन आगामी २८ वैशाखदेखि सुरु हुँदै छ। बैठकमा बर्खे अधिवेशन सुरु हुनुअघि नै सहमति जुटाउन सभामुख घिमिरेले शीर्ष नेताहरूसँग संसद्को अवरोध अन्त्य गर्ने प्रयास जारी राखेका छन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेता उपस्थित छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com