Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

असोज ३० बाट हुने भयो चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलन, चिनफिङ फेरि महासचिव चुनिन सक्ने

सात दशकदेखि चीनको सत्ता चलाइरहेको चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय सम्मेलन आगामी अक्टोबर १६ (असोज ३०) बाट सुरू हुने भएको छ।

समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले मंगलबार पार्टीको सम्मेलन अक्टोबर १६बाट गर्ने निर्णय गरेको जानकारी दिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनमा चीनभरिबाट २ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुन्छन्। पाँच-पाँच वर्षमा हुने सम्मेलनबाट पार्टीको नयाँ नेतृत्व चयन हुन्छ। साथै आगामी पाँच वर्षमा पार्टीले लिने रणनीति पनि तय हुन्छ।

यो सम्मेलनबाट सी चिनफिङ फेरि चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव हुने अपेक्षा गरिएको छ। किनकी त्यसैका लागि उनले यसअघि नै संविधानबाट दुई कार्यकाल मात्र पदमा रहन सक्ने प्रावधान संशोधन गरिसकेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव नै चीनको राष्ट्रपति हुने भएकाले उनी तेस्रो कार्यकाल चिनियाँ राष्ट्रपति हुने अनुमान गरिएको छ।

चिनफिङ तेस्रो कार्यकाल महासचिव भए भने माओ त्सेतुङपछि तीन पटक चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुख हुने उनी पहिलो व्यक्ति हुनेछन्।

पार्टीको सम्मेलनले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीको पनि चयन गर्नेछ।
चिनियाँ कम्युनिष्ट पार्टीले यसअघि कुनै कार्यक्रमबारे जानकारी थोरै समय बाँकी हुँदा मात्र सार्वजनिक गर्ने गर्थ्यो। यसपालि सम्मेलन हुनुभन्दा ४७ दिनअघि कार्यक्रमबारे जानकारी दिइएको छ। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com