Yeti Khabar

२०८१ बैशाख २१, शुक्रबार - Fri May, 2024 -

श्रीलङ्कामा कार रेस प्रतियोगितामा दुर्घटना : ७ जनाको ज्यान गयो, २० जना घाइते

श्रीलङ्कामा कार रेस प्रतियोगितामा दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । मध्य श्रीलङ्काको दियातलावा शहरमा आयोजित कार्यक्रममा एक रेसिङ कार ट्रयाकबाट हटेर ठक्कर दिँदा आयोजकसहित सात जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

प्रहरीकाअनुसार दुर्घटनामा परि २० जना घाइते भएका छन् । दियातलावामा फक्स हिल सुपर क्रस २०२४ रेसिङ इभेन्टमा कारले नियन्त्रण गुमाएर दर्शकको समूहलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको खबरमा उल्लेख छ । प्रतियोगिता हेर्न झण्डै एक लाख मानिस जम्मा भएका थिए । घटनापछि कार्यक्रम स्थिगत भएको छ । श्रीलङ्काको सैनिक एकेडेमीले आयोजना गरेको यो प्रतियोगिताको २८ औँ संस्करण थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com