Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

सुवास नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले ओढाए राष्ट्रिय झन्डा

भदौ,२८ काठमाडौं । संविधानसभा अध्यक्ष, नेकपा (एमाले)का दिवंगत उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झन्डा ओढाएका छन् । आज पशुपति आर्यघाट पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका छन् ।

त्यसअघि, एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका थिए । पशुपति आर्यघाट पुगेर सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com