Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

बुमराहको उत्कृष्ट प्रदर्शनमा भारतले इंग्ल्यान्डलाई १० विकेटले हरायो

जसप्रित बुमराहको उत्कृष्ट प्रदर्शनमा भारतले पहिलो एकदिवससीय अन्तर्राष्ट्रियमा घरेलु टोली इंग्ल्यान्डलाई १० विकेटले हराएको छ।
जितको लागि १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको भारतले १८.४ ओभरमा बिना कुनै विकेट क्षति पूरा गर्‍यो।

भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाए। ५८ बल खेलेका शर्माले ६ चौका र ५ छक्का प्रहार गरे। यस्तै शिखर धवनले ५४ बलमा ४ चौकासहित ३१ रन बनाए।

त्यसअघि लन्डनमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड २५.२ ओभरमा अलआउट हुँदै १ सय १० रनमा समेटियो।
उसका लागि कप्तान जस बटलरले सर्वाधिक ३० रन बनाए। यस्तै डेविड विल्लीले २१ रन बनाउँदा बायडन कार्सले १५ र मोइन अलीले १४ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। इंग्ल्यान्डका प्रमुख चार ब्याटर शून्यमा आउट भएका थिए।

इङ्ल्याण्डलाई सस्तैमा रोक्न भारतका तीव्र गतिका बलर जस्प्रित बुमराहले करिअरकै उत्कृष्ट प्रदर्शन गरे। उनले ७.२ ओभरमा ३ मेडन राख्दै १९ रन खर्चेर ६ विकेट लिए।
मोहम्मद शामीले ७ ओभरमा ३१ रन खर्चेर ३ विकेट हात पारे।
अब दोस्रो खेल बिहीबार र तेस्रो खेल आइतबार हुनेछ। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com