Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

एअर इन्डियाको उडिरहेको विमानमा चालक दलका सदस्यसँग यात्रुको झगडा

भारतको राजधानी नयाँ दिल्लीबाट बेलायतको लन्डनका लागि उडेको एअर इन्डियाको विमानमा चालक दलका सदस्य र यात्रुबीच झगडा हुँदा विमान दिल्ली नै फर्किएको छ ।

समाचार एजेन्सी एएनआईले एअर इन्डियाका अधिकारीलाई उद्धृत गर्दै लन्डन उडेको केहीबेरमा विमान फर्काइएको बताएको छ । झगडाको कारण भने खुलेको छैन ।

विमानमा सवार यात्रुको अभद्र व्यवहारका कारण उडान भरेको केही समयपछि नै दिल्ली फर्काउनु परेको एअर इन्डियाका अधिकारीले बताएका छन् । झगडाका क्रममा चालक दलका दुई सदस्यलाई चोटसमेत लागेको बीबीसी हिन्दीको खबरमा उल्लेख छ ।

घटनाबारे दिल्ली प्रहरीमा उजुरी परेको छ ।  यसअघि पनि एअर इन्डियामा यात्रुले गरेको दुर्व्यवहारबारे घटना सार्वजनिक भएको थियो ।एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com