Yeti Khabar

२०७९ आश्विन १२, बुधबार - Wed Sep, 2022 -

नक्कली मृत्यु दर्ता बनाएर कीर्तिपुरमा ११ आना २ पैसा जग्गा बिक्री,५ जना पक्राउ

असार,५ काठमाडौं । जापानमा बसेको व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गरेको खुलेको छ ।

सो घटनामा संलग्नको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ५ जनालाई पक्राउ गरेको छ ।
सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार २०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा एक गिरोहले नक्कली कागजपत्र बनाएर बिक्री गरेको हो ।

शान्तिदेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर र नक्कली श्रीमान खडा गरेर जग्गा बिक्री गरेको पाइएको महतोले बताए । सो घटनामा संलग्नको आरोपमा प्रहरीले महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र ममता श्रेष्ठाई पक्राउ गरेको हो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com