Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

चीनमा ‘तलिम’ आँधीका कारण लाखौँ मानिस प्रभावित, झण्डै २ लाख ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सारियो

चीनको ग्वान्दोङ प्रान्तमा शक्तिशाली आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन् ।

आँधीको प्रभावबाट जोगाउन झण्डै २ लाख ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । यसवर्ष ग्वान्दोङमा आएको चौथो आँधी ‘तलिम’ दक्षिणी तटमा झण्डै १ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको थियो ।

आँधीले तटीय क्षेत्रमा क्षति र्पुयाएको छ । हावाहुरी र वर्षाका कारण सयौँ हवाई तथा रेल सेवा रद्द भएका बीबीसीले जनाएको छ । तलिम आज बिहान जमिनमा बज्रिएको चीनको मेटेरोलजिकल एड्मिनिस्ट्रेसनले जानकारी दिएको छ । त्यो आँधीको गति कम भएको र भोलिसम्मा भियतनाम पुगेर कमजोर हुने अनुमान छ ।

भियतनामको क्वाङ निन्ह प्रान्त र हाई फोङ सहरमा पुग्ने पूर्वानुमान छ । त्यहाँ पनि झण्डै ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com