शिवरात्रिका दिन पुरानो वानेश्वर देखि चावहिल तिलगंगा कालो पुल क्षेत्रमा सवारीमा कडाइ
१६ फागुन, काठमाडौं । मंगलबार शिवरात्रिको दिन काठमाडौंको पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ ।
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/02/pashupathnath-temple-entrance-wish-nepal-1-1024x683.jpg)
ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले शिवरात्रिमा हुने भीड व्यवस्थापनका लागि पशुपति आसपासमा सवारीसाधन जान रोक लगाइएको जानकारी दिए । पशुपति क्षेत्र विकास कोषले ५० लाख दर्शनार्थीले मंगलबार पशुपति दर्शन गर्ने सम्भावना रहेको बताएकाले त्यसको व्यवस्थापनका लागि ती क्षेत्रमा सवारी चलाउन रोक लगाउनु परेको शर्माले बताए ।पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पुरानो वानेश्वरदेखि चावहिल, तिलगंगादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी प्रवेशमा कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ । यद्यपि भीड व्यवस्थापन गर्न सम्भव भएसम्म तिलगंगादेखि चावहिलसम्मको चक्रपथ क्षेत्रको आधा भागमा सवारी चल्न दिने तयारी रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।