Yeti Khabar

२०७९ आश्विन २१, शुक्रबार - Fri Oct, 2022 -

डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी परे निलम्बनमा

असार, १५ काठमाडौं । ललितपुरको एकान्तकुनामा बाटोमा हिँडिरहेका डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन्।
ट्राफिक प्रहरी जवान राजेन्द्र थापालाई हिजो निलम्बन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए।

उनले पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङमाथि कुटपिट गरेका थिए।
आइतबार राति पौने ९ बजे पैदल घर फर्किँदै गर्दा उनीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका डाक्टरको उपचारको लागि अल्का अस्पताल लगिएको थियो।

यो घटनाबाहिर आएपछि परिसरले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको थियो। उनलाई सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना तानिएको थियो।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com