काठमाडौँको सडक बन्यो सुनसान
काठमाडौं २९ वैशाख । स्थानीय निर्वाचनका लागि उपत्यकावासी आ–आफ्नो जिल्लामा फर्किएपछि काठमाडौँ उपत्यकाका सडक सुनसान बनेका छन् । यसअघि बाक्लो चहलपहल हुने सडकहरू सुनसान बनेका हुन् ।
प्रहरीका आधिकारिक तथ्यांकअनुसार दुई दिनमा लगभग डेढ लाख मानिसले काठमाडौँ छाडेका छन् ।