Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु

असार,२६ काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। हेलिकोप्टरमा सवार ६ जनाको नै शव फेला परेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बताएको छ ।

सोलुखुम्बुको सुर्केस्थित हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९एन–एएमभी कलसाइन भएको हेलिकोप्टर आज बिहान ९स्५२ बजे दुर्घटनामा परेको हो। हेलिकोप्टर सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ भकाञ्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। सोलुखुम्बका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले ६ जनाको शव भेटिएको बताए । हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com