Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

चार प्रदेशमा वर्षाको सम्भावना

जेठ, १९ काठमाडौं । आज देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com