Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

जेठ,१ काठमाण्डौ । डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृत बसन्तकुमार बोहराले दिएको जानकारी अनुसार नेपाली कांग्रेसका उम्मेदवार भैरवबहादुर साउँद २ हजार ३४३ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् ।

साउदका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर घर्तीमगरले १ हजार ६८४ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार डम्मरी विष्टले २ हजार ४०७ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सपना सिराडीले २ हजार २७६ मत प्राप्त गरेकी छन् ।

पाँच वडा रहेको बडीकेदार गाउँपालिकामा दुई वडामा कांग्रेस, दुई वडामा एमाले र एक वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com