Yeti Khabar

२०८१ बैशाख २६, बुधबार - Wed May, 2024 -

राप्रपाको चुनावी प्रतिवद्धता पत्रमा प्रदेश संरचना खारेज गर्ने

कात्तिक, १४ काठमाडौँ । जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने कानुन बनाउने विषय राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि राप्रपाले सार्वजनिक गरेको चुनावी प्रतिवद्धता पत्रमा प्रदेश खारेजी, संघीय र स्थानीय तहलाई बलियो पार्नुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने लगायत मुद्दा अगाडि सारेको छ ।

राप्रपाले घोषणापत्रमा २०४६ पछिका उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पती छानबिन गरि अवैध सम्पती जफत गर्नुपर्ने, भ्रष्टाचारमुक्त, पारदर्शी शासन पद्धती व्यवहारमा लागू गर्ने लेखेको छ।

राप्रपाले राजनीतिक दलसम्बन्धि कानुन परिमार्जन गरेर एक व्यक्ति कुनै पनि पार्टीको अध्यक्षमा दुई कार्यकाल मात्रै बस्न पाउने भन्ने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।

यस्तै ‘नेपाल बन्द’ जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिवद्धता जनाएको छ।

साथै, स्वास्थ्य, हवाई, खानेपानी, विद्युत, ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी तथा वितरण लगायत बिभिन्न औद्योगिक क्षेत्रमा हड्ताल गर्न पूर्णरुपमा प्रतिवन्ध लगाइने पनि राप्रपाले उल्लेख गरेको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com