Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

चैत, १२ काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका ५ तालबन्दमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
से २ त २८५० नम्बरको ट्याक्टर हिजो बेलुकी पौने ८ बजे अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार कैलालीको गौरीगंगा नगरपालिका ७ का ४५ वर्षीय चक्र जेठाराको मृत्यु भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचारको क्रममा गएराति साढे १० बजे उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा मोहन्याल गाउँपालिका ५ की २० वर्षीया निर्मला रोकामगर र ४० वर्षीया गौमती विक घाइते छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com