Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

बुधबारदेखि दक्षिण कोरियाका मान्छेको उमेर घट्यो

दक्षिण कोरियाका नागरिकको उमेर बुधबारदेखि कम्तीमा एक वर्ष कम भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार बुधबारदेखि लागु भएको उमेर गणनाको नयाँ कानुनअनुसार कोरियालीको उमेर घटेको हो।

कोरियामा धेरैले परम्परागत चलनअनुसार उमेर गणना गर्थे। जसअनुसार कुनै मान्छेको उमेर गर्भदेखि नै गणना हुन्थ्यो। जुनसुकै महिनामा जन्मिएका मान्छेको पनि  हरेक वर्ष जनवरी १ देखि एक वर्ष उमेर बढाउने गरिन्थ्यो।

उमेर गणनाको यो परम्परागत शैली अन्तर्राष्ट्रिय स्तरको नभएको भन्दै सरकारले उमेर गणनाको नयाँ कानुन ल्याएको हो।

अन्तर्राष्ट्रिय मापदण्डको नयाँ कानुनअनुसार उमेर गणना गर्दा अब हरेक कोरियालीहरू यसअघिको भन्दा १ देखि २ वर्ष कम उमेरका हुने भएका छन्।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com