Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजित गंगाराम सुनार कार्यपालिका सदस्यमा निर्वाचित

जेठ, १८ काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वीरेन्द्रनगर नगरपालिका–१ को वडाध्यक्षमा पराजित गंगाराम सुनार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन्।

आज सम्पन्न भएको कार्यपालिका सदस्य निर्वाचनमा उनी दलित समुदायबाट निर्वाचित भएका हुन्। वडाध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका दिनेश खत्रीसँग सुनार पराजित भएका थिए।

सुनारसहित नगर कार्यपालिकाका पाँचै जना सदस्य एमालेबाट निर्वाचित भएका छन्। आज भएको मतदानमा एमाले उम्मेदवारले समान ५४ मत प्राप्त गरेका थिए भने कांग्रेस उम्मेदवारले २८ मत प्राप्त गरेका थिए।

कार्यपालिका सदस्यमा महिलातर्फ टीका गुरुङ, तृप्ती विक, यमुना नेपाली, सिता चौधरी र लक्ष्मी चौधरी निर्वाचित भए। दलित कार्यपालिका सदस्यतर्फ सुनार र रचना बाठा निर्वाचित भए भने अल्पसंख्यकतर्फ नवराज गुरुङ निर्वाचित भए।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com