Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

गल्कोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत शर्मा निर्वाचित

जेठ,२काठमाण्डौ। बाग्लुङको गल्कोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत शर्मा निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार शर्माले ५ हजार ४१४ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्णबहादुर काउचा घर्तीले ३ हजार ५१९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार मन्जु शर्माले ३ हजार २६२ मत पाएकी छन् ।

उपमेयरमा भने माओवादी केन्द्रका फमलाल निउरे निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नीउरले ६ हजार ३९ मत पाउँदा एमालेकी रुपा विकले २०५७ मत पाएकी छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com