Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

पोखरा महानगरमा एकमात्र महिला वडा अध्यक्ष निर्वाचित

जेठ, ९ काठमाडौं । भूगोलमा देशकै ठूलो पोखरा महानगरमा एकमात्र महिला वडा अध्यक्ष निर्वाचित भएकी छन्।
महानगरमा रहेका ३३ वटा वडामध्ये पोखरा–१७ को वडा अध्यक्षमा एमाले उम्मेदवार राधिका शाही निर्वाचित भएकी हुन्।

उनले २ हजार ९६७ मत पाएर विजयी भइन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका देवराज आचार्यले २ हजार ५४४ मत पाए। वडा सदस्यहरूमा पनि एमालेको प्यानल नै विजयी भएका छन्।

आचार्यले वडा नम्बर १७ बाट २ हजार ६६९ मत पाएका छन् भने एमाले उम्मेदवार कृष्ण थापाले २ हजार ४५९ मत पाए।

उपमेयरमा एमाले उम्मेदवार मञ्जुदेवी गुरूङले धेरै मत पाएकी छन्। गुरूङले २ हजार ९६७ मत पाइन् भने कांग्रेसका उपमेयर उम्मेदवार कोपिला रानाभाटले २ हजार २९२ मत पाएकी छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com