Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

एसिसी मेन्स प्रिमियर कपः नेपालले पायो २३६ रनको लक्ष्य

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा अन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालले २३६ रनको लक्ष्य पाएको छ। त्रिवि अन्तराष्ट्रिय मैदानमा जारी खेलमा मलेसियाले सबै ओभर खेल्दै ९ विकेटको क्षतिमा २३५ रन बनायाे।

नेपालको लागि सन्दिप लामिछाने र सोमपाल कामीले समान तीन-तीन विकेट लिए। भने ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिए।  

मलेसियाको लागि मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान गरे। ९५ बलमा ७६ रन बनाएका फैजले ८ चौका र १ छक्का प्रहार गरे।

यस्तै विरन्दीप सिंहले ४६ रनको योगदान गरे। ९४ बलमा ४६ रन बनाएका उनले दुई चौका प्रहार गरे। खिजर हायतले २२ रन जोड्दा ओपनर महमद अमिरले १७ रन जोडे। नागरिक दैनिक बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com