Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना, २७ को मृत्यु

चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ।
दक्षिण-पश्चिम प्रान्त उइजोमा बस पल्टिँदा २० जना घाइते भएको बीबीसीले जनाएको छ। दुर्घटनामा परेको बसले कोरोना संक्रमितलाई क्वारेन्टिनतर्फ लाँदै थियो।

दुर्घटनापछि चीनको कोभिडप्रति शुन्य शहनशीलताको नीतिबारे बेइजिङमा आलोचना भइरहेको छ।
उइजोमा ७ सय १२ जना सक्रिय संक्रमित छन्। चीनमा कोरोना संक्रमितमध्ये यो संख्या ७० प्रतिशत हो। चीनको कोभिड नीतिबारे अक्टोबरमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनमा छलफल हुने बताइएको छ।

२ करोड १० लाख जनसंख्या बसोबास गर्ने बेइजिङमा सार्वजनिक संस्था वा स्थानमा जानुपर्दा प्रत्येक तीन दिनको कोरोना रिपोर्ट लिएर जानुपर्ने नीति छ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com