Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

घेराबन्दीविरुद्ध लडिरहेको छु, तर धेरै चर्को भन्न हुन्न : प्रचण्ड

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू राष्ट्रिय अन्तराष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको बताएका छन् ।
शहीद तथा वेपत्ता योद्धा सन्तती फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा प्रचण्डले पूर्व माओवादी एक ठाउँमा आउनुपर्नेमा जोड दिएका छन् । तैंले मैले नभनी फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भन्ने महसुस गर्ने हो भने एकतालाई कसैले रोक्न नसक्ने उनले बताए ।

प्रचण्डले अघि भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय दबाव र घेराबन्दीविरुद्ध लडिरहेको छु । अरु पनि लडिरहनु भएको छ । हामी एक ठाउँमा केन्द्रित भयो भने अजय हुन्छौं ।
तर आफू प्रधानमन्त्री पनि भएकाले धेरै चर्को बोल्दा पनि विग्रिने उनले सुनाए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले चर्को भन्न हुन्न, तपाईंहरुले भन्दा हुन्छ ।’अनलाइन बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com