Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

भक्तपुर नगरपालिकामा नेमकिपा को अग्रता फराकिलो जित निश्चित

जेठ,१ काठमाण्डौ । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अग्रता थप फराकिलो बनेको छ ।

नेमकिपाका सुनिल प्रजापतिले ९ हजार ४०८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले १७ सय ३ मत ल्याएका छन् ।

नेकपा एमालेका रवीन्द्र लाछिमस्युले ११ सय मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका तुल्सी भक्त सुवालले ३१६ मत ल्याएका छन् ।

उपमेयरमा पनि नेमकिपाकै अग्रता छ । नेमकिपाकी रजनी जोशीले ९ हजार ५६८ मत सहित अग्रता बनाइरहँदा एमालेकी रञ्जना खर्बुजाले १२ सय ५ मत ल्याएकी छिन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com