Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

मधेसका मुख्यमन्त्री यादवले चौथो पटक विश्वासको मत लिँदै

बैशाख,४ काठमाडौं । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक विश्वासको मत लिँदैछन्। त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको संसद् सचिवालयले बताएको छ ।

गत फागुन २१ गते संघमा गठबन्धनमा फेरबदल आएसँगै चैत ५ गते कांग्रेस मधेसको सरकारबाट बाहिरिएको थियो। त्यसपछि नेकपा (एमाले) सरकारमा सहभागी भएको थियो। कांग्रेसले गत चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका छन् ।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । १०७ सदस्यीय मधेस प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल छ। उसका २५ सांसद छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com