Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

द एसेज शृङ्खलाको अन्तिम खेलमा पुनरागमनसँगै इङ्ल्यान्डको जित : शृङ्खला २–२ को बराबरी

  

काठमाण्डाै – इङ्ल्यान्ड र अस्ट्रेलियाबीचको द एसेज शृङ्खला दुई/दुईको बराबरीमा सकिएको छ । तर साविक विजेता हुँदा अस्ट्रेलियाले ट्रफी आफ्नो पक्षमा पारेको छ । अन्तिम तथा पाँचौँ खेलमा इङ्ल्यान्डले अस्ट्रेलियालाई ४९ रनले हरायो । पुनरागमन जितसँगै पाँच खेलको शृङ्खला २–२ को बराबरीमा सकिएको हो ।

जितको लागि ३ सय ८४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया पाँचौँ दिन अन्तिम सेसनमा ३ सय ३४ रनमा अलआउट भयो । अस्ट्रेलियाका ओपनर उस्मान खवाजा १ सय ४५ बलमा ८ चौकासहित ७२ रनमा आउट भए । त्यस्तै, अर्का ओपनर डेविड वार्नर १ सय ६ बलमा ९ चौकासहित ६० रनमा आउट भए । वर्षाको कारण दोस्रो सेसन हुन सकेको थिएन । तर तेस्रो सेसनमा अस्ट्रेलियाले विकेट गुमायो । क्रिस वोक्सले सर्वाधिक चार विकेट लिए ।

मोईन अलीले तीन र स्टुअर्ट बोर्डले दुई विकेट लिए । इङ्ल्यान्ड दोस्रो पारीमा ३ सय ९५ रनमा अलआउट भएको थियो । पहिलो पारीमा १२ रनले पछि हुँदा समग्रमा ३ सय ८३ रनको अग्रता लिएको थियो । इङ्ल्यान्डका जो रुटले ९१ रन बनाए । ज्याक क्रली ७३ तथा बेन डकेट ४२ रनमा आउट भए ।

जोनी बेयरस्टोले ७८ रनको योगदान दिए । अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क र स्पिनर टोड मर्फीले समान ४/४ विकेट लिएका थिए । त्यसअघि अस्ट्रेलिया पहिलो पारीमा २ सय ९५ रनमा अलआउट भएको थियो । द ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्ड ५४ ओभर ४ बलमा २ सय ८३ रनमा अलआउट भएको थियो ।

अस्ट्रेलिया पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४३ रनले विजयी भएको थियो । तेस्रो खेलमा इङ्ल्यान्ड ३ विकेटले विजयी भएको थियो । चौथो खेल वर्षाको कारण बराबरीमा रोकिएको थियो । उज्यालो बाट
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com