Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

उपत्यका विकास प्राधिकरणले खोला, जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन

मंसिर १४ काठमाडौँ । काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ।

३५ दिनभित्र त्यस्ता संरचना नहटाए प्राधिकरण आफैँले हटाइदिने आज गोरखापत्रमा प्राधिकरणले निकालेको सूचनामा उल्लेख छ।

काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनालाई हटाउन प्राधिकरणले भनेको हो।

प्राधिकरणले अनधिकृत संरचना ३५ दिनभित्र नहटाए हटाउँदा लागेको लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिएको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com