Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक जनाको मृत्यु

असार, २१ काठमाडौं । भक्तपुरमा बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ।
आज दिउँसो साढे १ बजे मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरस्थित ट्राफिक कर्यालय अगाडि दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए।

काठमाडौं आउँदै गरेका बा ४ ख २२१२ नम्बरको बस र बा। ७८ प. १०८३ नम्बरको स्कुटर ठोक्किएका थिए।
दुर्घटनामा स्कुटरमा सवार दुई जना घाइते भएका थिए। उनीहरूको उपचारको लागि भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा लगिएको थियो।

स्कुटर चालक रामेछाप दोरम्बा गाउँपालिका-५ घर भई जडिबुटी बस्ने १८ वर्षीय सिद्धार्थ मगर घाइते छन्। स्कुटर पछाडि सवार बर्गर हाउसमा काम गर्ने २४ वर्षीया रेजिना तामाङको उपचारको क्रममा मृत्यु भएको हो। मगरको अस्पतालमा उपचार भइरहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com