Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

ज्येष्ठ नागरिकले कांग्रेस र माओवादीलाई भोट नहाल्ने ओली

काठमाडौं ५चैत एमाले अध्यक्ष केपी ओलीले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकले कांग्रेस माओवादीलाई भोट नहाल्ने दाबी गरेका हुन।
उनले सत्तारूढ दलहरूले चेताइसकेका हुनाले युवाहरूले पनि भोट नदिने भनेर बताएका छन ।
पार्टीको सम्पर्क समन्वय कमिटीले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा भनेका छन ।

ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरूले जोगाइदिएको र माधव नेपालहरू अबको निर्वाचनपछि समाप्त हुने दाबी गरेका छन ।


‘एमालेलाई चौथो पार्टी बनाउँछु भन्छ कोही। अहिले चौथो पार्टी हो एमाले संसदमा एमालेसँग ९८ सिट छ। अरूको धेरै भएकाको पनि ६१ सिट छ। कोही हामीले बनाइदिएको ४८ सिट लिएर हामीले टाँसीदिएको जुँगामा ताउ लाउँछ ओलीले भने, ‘त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु, यो गठबन्धन केही होइन।
ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सीमित हुने गरी चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन।

ओलीले आगामी निर्वाचनमा एमालेले पार्टीले विजयी हासिल गर्नुपर्ने भएकाले उत्साहका साथ जनताको बीचमा जान पनि निर्देशन दिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com