Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

इंग्लिस प्रिमियर लिगः बर्नमाउथको पोष्टमा लिभरपुलको नौ गोल

लिभरपुलले बर्नमाउथलाई ९-० को विशाल अन्तरले हराएको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राती भएको खेलमा लिभरपुलले एकतर्फी जित निकालेको हो।

लिभरपुलको जितमा डियाज र फिर्मिन्होले २-२ तथा इलियोट, आर्नोल्ड, डाइक र कार्भाल्होले १-१ गोल गरे। लिभरपुलले एक गोल उपहार पाएको थियो।

खेलको तेस्रो मिनेटमा डियाजले गोल गर्दै टिमलाई सुरूआती अग्रता दिलाए। छैठौं मिनेटमा इलियोटले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।

खेलको २८ औं मिनेटमा आर्नोल्डले गोल गर्दै टिमको अग्रता ३-० को बनाए। ३१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै टिमको अग्रता ४-० को बनाए। खेलको ४५ औं मिनेटमा डाइकले गोल गरेपछि पहिलो हाफमा लिभरपुल ५-० ले अघि रह्यो।

दोस्रो हाफको सुरूमै क्रिसले आत्मघाती गोल गरेपछि लिभरपुल ६-० ले अघि रह्यो ।
६२ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुललाई ७-० को अग्रता दिलाए। खेलको ८१ औं मिनेटमा कार्भाल्होले गोल गर्दा लिभरपुल ८-० ले अघि रह्यो। त्यसपछि खेलको ८५ औं मिनेटमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ९-० को सानदार जित दिलाए।

यो जितसँगै लिभरपुलले लिगमा पहिलो जित निकालेको छ। यसअघि २ पटक बराबरी खेलेको लिभरपुल ४ खेलबाट ५ अंकसहित आठौं स्थानमा छ। बर्नमाउथ १६ औँ स्थानमा छ।

इङ्लिस प्रिमियर लिग अन्तर्गत गए राती नै भएका अन्य खेलहरूमा खेलमा म्यानचेस्टर युनाइटेड, चेल्सी, ब्राइटन, म्यानचेस्टर सिटी र आर्सनल विजयी भएका छन्।

म्यानचेस्टर युनाइटेडले साउथह्याम्प्टनलाई १-० गोलले हरायो। उसका लागि फर्नान्डेजले गोल गरे।
अर्को खेलमा चेल्सीले लेस्टर सिटीलाई हरायो। २८ मिनेटबाट १० खेलाडीमा सिमित चेल्सीले लेस्टरलाई २-१ गोलले हरायो। चेल्सीका लागि दुवै गोल रहीम स्ट्रलिङ्ले गरे।

अर्को खेलमा ब्राइटनले लिड्स युनाइटेडलाई १-० गोलले हरायो।

शनिबार रातीको अर्को खेलमा २ गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४-२ गोलले हरायो। सिटीको जितमा इर्लिङ् हालान्डले ह्याट्रिक गरे भने सिल्भाले एक गोल गरे । क्रिष्टल प्यालेसका जोएचिमले गोल गरे भने सिटीका जोन स्टोनले आत्मघाती गोल गरे। राती नै भएको खेलमा आर्सनले फुलहमलाई २-१ गोलले हरायो। उसका लागि ओडेगार्ड र ग्याब्रियलले गोल गरे। ब्रेन्टफोर्ड र एभर्टनले बराबरी खेलेका छन् ।

यो सँगै चार खेलमा शतप्रतिशत जित निकालेको आर्सनल १२ अंकसहित शीर्ष स्थानमा कायमै छ। दोस्रो स्थानमा उक्लिएको म्यान्चेष्टर सिटीको समान खेलबाट १० अंक भएको छ। समान अंकसहित ब्राइटन तेस्रो स्थानमा रहँदा टोटनह्याम चौथो, लिड्स युनाइटेड पाँचौ र चेल्सी छैठौं स्थानमा छन्। यी तीन टोलीको समान ७ अंक भएको छ।
६ अंक जोडेको म्यान्यू सातौ स्थानमा रहँदा लिभरपुल आठौं स्थानमा छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com