Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

संसद सचिवालयको कार्यवाहक महासचिवको जिम्मेवारी पाण्डेयलाई

messenger sharing button
sharethis sharing button

प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ। 

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको परामर्शमा पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको हो। 

महासचिव भरतराज गौतमले यही मंसिर २४ गतेदेखि लागू हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पेस गरेका थिए। 

प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय कामका साथै लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायत दैनिक काम प्रभाव परेका कारण सभामुखले पाण्डेयलाई अर्काे व्यवस्था नभएसम्मका लागि महासचिवको जिम्मेवारी तोकेको संसद सचिवालयले जनाएको छ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com