Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

देउवालाई ज्ञापनपत्र बुझाउन पाएनौं

काठमाडौं १८ चैत । नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा दूतावासमा दिवाभोजसहितको औपचारिक कार्यक्रमै राखेर प्रवासी नेपालीहरुको गुनासो सुन्ने पुरानै प्रचलन हो ।दिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपाली संगठनका प्रमुखहरुसँग प्रधानमन्त्रीले भेटघाट गर्ने र औपचारिक कार्यक्रमकै आयोजना गर्ने प्रचलन रहँदै आएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले भने, ‘हाम्रा प्रधानमन्त्री भारत आउँदा हामीले संयुक्त रुपमा ज्ञापनपत्रमार्फत मागहरु राख्ने गरेका थियौं । तर, दूतावासले यसपालि औपचारिक कार्यक्रम राखेन ।

भारतमा कार्यरत प्रवासी नेपालीका विभिन्न संगठन छन् । नेपाली काँग्रेस निकट जनसम्पर्क समिति छ भने एमाले निकट प्रवासी नेपाली संघ छ । त्यस्तै माओवादी निकट अखिल भारत नेपाली एकता मञ्च छ भने नेकपा मसाल निकट मूलप्रवाह अखिल भारत नेपाली एकता मञ्च भारतमा क्रियाशील छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com