Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

भारतमा महिला आरक्षणसम्बन्धी विधेयक लोकसभाबाट पारित, कम्तीमा ३३ प्रतिशत सिट आरक्षण हुने

भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक लोकसभाबाट पारित भएको छ । भारतीय जनता पार्टी (भाजपा) को सरकारले संसद्को विशेष अधिवेशन डाकेर यो विधेयक ल्याएकोमा लोकसभाबाट अत्यधिक बहुमतसहित पारित भएको हो ।

विधेयकको पक्षमा ४ सय ५४ मत र विपक्षमा २ मत मात्रै परेको बीबीसी हिन्दीले जनाएको छ । अब माथिल्लो सदन राज्यसभाबाट पनि विधेयक पारित हुनुपर्नेछ । महिला आरक्षण विधेयक अनुसार अब लोकसभा चुनावमा भारतीय महिलाका लागि कम्तीमा ३३ प्रतिशत सिट आरक्षण हुनेछ ।

लोकसभाको ५ सय ४३ सिटहरूमध्ये १ सय ८१ सिट महिलाका लागि आरक्षित हुनेछन् । अहिले लोकसभामा ८२ जना महिला रहेका छन् । यस्तै, राज्यका विधानसभामा पनि महिलाका लागि सिट आरक्षित हुनेछन् ।

भारतमा यस सम्बन्धित विधेयक पहिलो पटक सन् १९९६ मा ल्याइएको थियो । तर पारित हुन सकेको थिएन । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com