Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा

असोज,५ काठमाण्डौ । तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा छन् । माइतीघर मण्डलामा हजारौँ शिक्षकहरु भेला भएका छन् । शिक्षकको आन्दोलनका कारण आज पनि काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

माइतीघर मण्डला र नयाँ बानेश्वर रुट हुँदै चल्ने गाडीलाई विभिन्न ठाउँबाट डाइभर्सन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चक्रपथ, गौशाला, तीनकुने, सातदोबाटो, बल्खु, कलङ्की, भद्रकाली लगायत ठाउँबाट गाडी डाइभर्सन गरिएको छ । आज पनि देशका धेरैजसो सामुदायिक विद्यालय बन्द भएका छन् ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा आएका छन् । यसैबीच, अहिले शिक्षक महासङ्घ र सरकारबीच वार्ता हुँदैछ । बिहान ९ बजेपछि नै वार्ता हुने भनिए पनि दुवै पक्ष आन्तरिक छलफलमा जुटेकाले ढिलो गरी वार्ता हुन लागेको हो ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा रहेको सरकारी टोलीले छलफल सकारात्मक भइरहेकाले आज सहमति हुन सक्ने बताएको छ । यस्तै, महासङ्घकी अध्यक्ष कमला तुलाधरले पनि आज सहमतिमा पुग्ने गरी वार्ता गर्ने बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com