Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

इजरायलको सेनाद्वारा गाजापट्टीबाट ५१ जना प्यालेस्टिनी महिला पक्राउ

इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका क्रममा गाजा पट्टीबाट कम्तीमा ५१ जना प्यालेस्टिनी महिलालाई पक्राउ गरेको प्यालेस्टाइनले जनाएको छ ।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनिज एण्ड एक्स-प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले हिजो संयुक्त विज्ञप्ति निकालेर ती महिलालाई इजरायलको डेमोन जेलमा राखिएको बताइएको छ ।

पक्राउ पर्नेमा ८२ वर्षीया महिलासहित उनका आफन्त पनि रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पक्राउ गरिएका महिलाले यातना र अपमानको सामना गर्नुपरेको र गाजाका अन्य बन्दीहरुलाई जस्तै गरी हिरासतमा राखिएको दाबी समेत गरिएको छ ।

इजरायलले मानवअधिकार सङ्गठनका प्रतिनिधिलाई बन्दीलाई भेट्न र अवस्थाबारे बुझ्न रोकेको आरोप छ । साथै रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई पहुँच दिन पनि अस्वीकार गरेको खबरमा उल्लेख छ । इजरायलले गाजाबाट पक्राउ गरी बन्दी बनाएकाहरुलाई गैरकानुनी लडाकुको दर्जा दिएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com