Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

दोलखामा काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो

दोलखा जिल्लामा स्थानीय तहका लागि भएको निर्वाचनमा प्राप्त नतिजाअनुसार नेपाली काँग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा ९माओवादीकेन्द्र तेस्रो हुन पुगेको छ । दुई नगरपालिका, सात गाउँपालिकाका ७४ वटा वडाबाट प्राप्त मत परिणमअनुसार काँग्रेस तीन पालिका प्रमुख, तीन उपप्रमुख र २५ वडाध्यक्षमा विजयी भएको छ ।

त्यसैगरी दुई पालिकका प्रमुख, पाँच उपप्रमुख र २३ वडाध्यक्षमा एमाले तथा तीन पालिका प्रमुख, एक उपप्रमुख र २१ वडाध्यक्षमा माओवादी विजयी भएको हो । त्यस्तै नेकपा (एकीकृत समाजवादी)ले एक गाउँपालिका प्रमुख र दुई वडाध्यक्ष जितेको छ भने दुई वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

जिरी र भिमेश्वर नगरपालिकामा मिश्रित परिणाम आएको छ । जिरी नगरपालिकाको प्रमुख–उपप्रमुख र दुई वडाध्यक्ष एमालेबाट निर्वाचित भएका छन् भने अन्य वडामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । उक्त नगरको कार्यपालिकामा भने गठबन्धनको बहुमत छ । त्यस्तै भिमेश्वर नगरपालिकाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसले वैतेश्वर र कालिञ्चोक गाउँपालिका तथा भिमेश्वर नगरपलिकामा प्रमुखका साथै तामाकोशी र गौरीशङ्कर गाउँपालिकामा उपप्रमुख जितेको छ । एमालेले जिरी नगरपालिका र मेलुङ गाउँपालिकामा प्रमुख–उपप्रमुख जितेको छ भने भिमेश्वर नगरपालिका, बिगु गाउँपालिका र शैलुङ गाउँपालिकामा उपप्रमुख जितेको छ । माओवादी केन्द्रले शैलुङ, गौरीशङ्कर र बिगु गाउँपालिकामा प्रमुख जितेको छ भने कालिन्चोक गाउँपालिकामा उपप्रमुख जितेको छ । एकीकृत समाजवादीले तामाकोशी गाउँपालिकामा प्रमुख जितेको छ ।

दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेको दोलखामा गठबन्धनको स्पष्ट बहुमत छ । अठार पालिका प्रमुख–उपप्रमुखमध्ये सात जनामात्र एमालेका छन् भने ११ गठबन्धनको पक्षमा छन् । चौहत्तर वडामध्ये एमालेले २४ वडामा मात्र जितेको छ । गठबन्धनले ४८ र स्वतन्त्रले दुई वडामा जितेको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लामा बलियो देखिएको एमाले यसपटक कमजोर देखिएको छ । अघिल्लो निर्वाचनमा एमाले एक्लैले दोलखामा पाँच गाउँपालिका र दुई नगरपालिका गरी सात स्थानीय तह जितेकामा अहिले दुई स्थानीय तहमा मात्र जित्न सफल भएको छ । गत निर्वाचनमा जिल्लाको दुई पालिका उपप्रमुख जितेको नेकपा ९माओवादी केन्द्र०ले यस निर्वाचनमा तीन गाउँपालिका प्रमुख र एक उपप्रमुखसहित २१ वडामा जित्न सफल भएको छ । रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com