Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

इजरायली सुरक्षा फौजले गाजाबाट चार जना बन्धकलाई सकुशल रिहा गर्‍याे

इजरायली सुरक्षा फौजले गाजाबाट चार जना बन्धकको उद्वार गरेको जनाएको छ । अक्टोबर ७ मा इजरायलमा प्यालेस्टिनी बिद्रोही समूह हमासले आक्रमण गर्दा बन्धक बनाएकामध्ये चार जनाको सकुशल उद्वार गरेको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विशेष अभियानमार्फत २१, २५, २७ र ४० वर्षका गरी चार जना इजरायली नागरिकलाई मध्य गाजाको छुट्टाछुट्टै ठाउँबाट मुक्त गराएर स्वदेश फर्काएको सेनाले जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले पनि बन्धक मुक्त भएका स्वीकार गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर इजरायलको यस अभियानमा बालबालिकासहित कैयौंको ज्यान गएको बताएको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान जानुको साथै दुई सय ५१ जनालाई हमासले बन्धक बनाएको थियो । इजरायली सेनाका अनुसार हमासले अझै पनि एक सय १६ जनालाई बन्धक बनाएर राखेको छ ।

४१ जना बन्धकको ज्यान गइसकेको छ । हमासको आक्रमणपछि इजरायलले गरेको प्रत्याक्रमणमा गाजामा ३६ हजार चार सय ७० जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली आक्रमणबाट गाजा क्षेत्र तहसनहस भएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com