Yeti Khabar

२०८० आश्विन १६, मंगलवार - Tue Oct, 2023 -

केपी ओलीले फोन गरे एमाले फर्कन तयार छु: वामदेव गौतम

जेठ,२४ काठामाडौं । राष्ट्रिय सभा सदस्य एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा एमालेमा प्रवेश गर्न तयार हुनुभएको छ । पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेर हद निलम्बन गर्ने एमालेले निर्णय गरेलगत्तै गौतमले आज दिउँसो सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरूसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिनुभएको छ । तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने एमालेका उपाध्यक्षसमेत रहिसक्नुभएका गौतमको सर्त छ ।

गौतमले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गर्नुभयो । एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै उहाँले एमालेप्रति माया लाग्ने बताउनुभयो । उहाँले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताउनुभयो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com