Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

एमालेले समृद्धिका नाममा ल्याएका पानीजहाज, रेलजस्ता हावादारी गफमा जनता अलमलिँदैनन्’

रुपन्देही – नेकपा (एकीकृत समाजावादी) की केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आउँदो चुनावमा जनताका मुद्दा उठाउनेले जित हासिल गर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बिहीवार बुटवलमा गरेको साक्षात्कारमा नेता झाँक्रीले देश र जनताको हितमा स्पष्ट योजना बनाएर चुनावमा जानेलाई जनताको साथ मिल्ने स्पष्ट पार्नुभयो ।

नेकपा (एमाले) ले समृद्धिका नाममा ल्याएका पानीजहाज, रेल जस्ता हावादारी गफमा जनता नअलमलिने बताउँदै उहाँले स्थानीय माग र आवश्यताका आधारमा स्पष्ट एजेन्डा ल्याउनेलाई जनताले मत दिने उल्लेख गर्नुभयो । देशको हितका लागि दीर्घकालीन नीति र एजेण्डा स्थापना गर्नुपर्ने भएकाले मुलुकमा गठबन्धन आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले देशको विकास र आम नेपालीको जीवनस्तर उकास्न पाँच दलीय गठबन्धन आवश्यक भएको जिकिर गर्नुभयो । जनताले दिएको दुई तिहाइ मतको कदर गर्न नसेकेको एमालेलाई आउँदो चुनावमा जनताले साथ नदिने उहाँको भनाइ थियो ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विनोद पहाडीले सङ्घीयता र संविधानलाई संस्थागत गर्न पाँच दलीय गठबन्धन निर्माण भएकाले आउँदो चुनावमा एक भएर प्रतिस्पर्धी पार्टीसँग चुनावमा जाने बताउनुभयो ।

एमालेका लुम्बिनी प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले मुलुकमा एमाले बलियो पार्टीका रूपमा स्थापित भएको जनाउँदै गठबन्धनसँंग चुनावमा प्रतिस्पर्धात्मक सामना गर्ने र पार्टीको साख जोगाउने बताउनुभयो । पछिल्लो समय चुनाव निकै खर्चिलो बन्दै गएकाले निर्वाचन आयोगले निगरानी गर्नुपर्ने उहाँको भनाइ थियो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com