Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

जापानका पूर्व प्रधानमन्त्री आबेको निधनमा आज राजकीय श्रद्धाञ्जली सभा

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा आज राजकीय श्रद्धाञ्जली सभा हुँदैछ । श्रद्धाञ्जली सभामा सहभागी हुन विश्वका विभिन्न देशका शीर्ष नेताहरु टोकियो पुगेका छन् ।

६७ वर्षीय आबे जापानमा सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्रीका रुपमा मानिनुहुन्छ । उहाँको गएको जुलाई ८ तारिखमा एक चुनावी र्‍याली भैरहेका बेला नारा शहरमा गोली हानी हत्या गरिएको थियो । आज हुन लागेको श्रद्धाञ्जली सभाका लागि झण्डै २० हजार सुरक्षाकर्मी तैनाथ गरिएको बीबीसीले जनाएको छ । पुलिसले गएको जुलाईमा नै आबेलाई प्रदान गरिएको सुरक्षामा त्रुटी भएको स्वीकार गरेको थियो ।

यस पहिले सन् १९६७ मा एक पूर्व प्रधानमन्त्रीका लागि पनि जापानले राष्ट्रिय अन्त्येष्टिका लागि समारोह गरेको थियो । सत्तारुढ दल लिबरल डेमोक्रेटिकका प्रभावशाली नेताले देशप्रति दिएको योगदानको कदर गर्दै यो सम्मान दिन लागेको भने पनि विपक्षी दलहरुले राज्यको सम्पत्तिबाट समारोह गर्न नहुने भन्दै विमती राख्दै आएका छन् । उहाँको गएको असार २८ गते अन्त्येष्टि गरिएको थियो । एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com