Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

चीनको बेइजिङमा १ सय ४० वर्षयताकै ठूलो वर्षा, पाँच उद्धारकर्मीसहित ३८ जनाको ज्यान गयो

चीनको बेइजिङमा एक सय ४० वर्षयताकै ठूलो मुसलधारे वर्षा भएको छ । वर्षापछिको बाढी, डुबान र पहिरोमा परि कम्तीमा ३८ जनाको ज्यान गएको छ ।

उद्धार तथा राहतमा सहभागी पाँचसहित ३८ जनाको ज्यान गएको बेइजिङका उपमेयर जिया लिनमाओले जानकारी दिनुभएको छ । त्यहाँ १८ जना बेपत्ता छन् । बेइजिङमा एक सय ४० वर्षअघि रेकर्ड शुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो । वर्षाका कारण आएको बाढीले झण्डै १३ लाख मानिस प्रभावित भएका छन् ।

बाढी र डुबानबाट १५ हजार हेक्टर जमिनमा लगाइएको बालीमा समेत क्षति पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । मुसलधारे वर्षाका कारण ५ सय ७ गाउँमा पानी आपूर्ति प्रभावित भएको छ । २ सय ७३ गाउँ र १६ आवासीय क्षेत्रमा विद्युत् सेवा कटौती भएको छ । सञ्चार सेवा पनि अवरुद्ध भएको छ ।

वर्षाले सडक र पुलहरूमा क्षति पुगेपछि २ सय ५६ वटा गाउँमा यातायात सेवा प्रभावित भएको छ । प्रभावित जनसङ्ख्याका लागि अत्यावश्यक खाद्यान्न, आपत्कालीन आपूर्ति र उपचार सुनिश्चित गरेको तथा विपद्पछिको महामारी रोकथामको काम थालिएको उपमेयर लिनमाओले बताउनुभयो ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com