Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

असोज,१४ काठमाडौ । तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान सवा ४ बजे काठमाडौं महानगरपालिका-३१ शान्तिनगरमा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।

उनका अनुसार बागमती पुल निर्माणका लागि बनाइएको खाल्डोमा बागमती प्रदेश ०२-०३९ प १९९७ नम्बरको मोटरसाइकल खसेको थियो।
नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको उक्त मोटरसाइकल आफैं अनियन्त्रित भएर खाल्डोमा खसेको एसपी ढुंगेलले बताए।

दुर्घटना हुँदा भक्तपुर चाँगुनारायण नगरपालिका(४ बस्ने २० वर्षीय चालक सरोज गुरूङ र मोटरसाइकल पछाडि बस्ने १७ वर्षीय सुशिल गुरूङ घाइते भएका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com