Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

नागरिक उन्मुक्ति दोस्रो ठूलो दल

जेठ, १६ काठमाडौं । स्थानीय तहको निर्वाचन पश्चात नागरिक उन्मुक्ति पार्टी कैलालीमा दोस्रो ठूलो दलका रुपमा स्थापित भएको छ। यो पार्टी चार वटा पालिकामा जित हात पार्दै दोस्रो ठूलो दलका रुपमा स्थापित भएको हो।

कैलालीको पूर्वी भेगका दुई नगरपालिका र दुई गाउँपालिकामा नागरिक उन्मुक्तिले जितेको छ। उसले टीकापुर नगरपालिकाको मेयर, भजनी नगरपालिकाको मेयर/उपमेयर, जानकी र जोशीपुर गाउँपालिकाको अध्यक्षरउपाध्यक्ष दुवै पद जितेको छ।

टीकापुरमा मात्रै गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खडकबहादुर शाहले नागरिक उन्मुक्तिका उल्कादेवी विश्वकर्मालाई पराजित गरेका छन्। चार वटा पालिकाको सात वटा मुख्य पद जितेसँगै नागरिक उन्मुक्तिले कैलाली जिल्ला समन्वय समिति चयनमा आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ।

नागरिक उन्मुक्तिभन्दा धेरै मत नेपाली कांग्रेससँग मात्रै छ। कांग्रेससँग आठ मत रहेको छ। जिल्लाका १३ स्थानीय पालिका मध्ये गठबन्धन दलहरुको १३ र अन्य नागरिक उन्मुक्ति, नेकपा एमाले र एक स्वतन्त्र गरी १३ मत छ। गठबन्धनले आफ्नो तर्फ जोडेका कैलारी गाउँपालिका अध्यक्ष राज समझ चौधरीले पार्टीले गरेको कारबाही फुकुवा भए मात्रै मतदान गर्ने भन्दै आएका छन्।

उनलाई स्थानीय तह निर्वाचनको क्रममा पार्टीले कारबाही गरेको छ। त्यस्तै स्वतन्त्र जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले निर्वाचन प्रकृयामा सहभागीता जनाउने बारे स्पष्ट छैन।
दुवै जनाले निर्वाचन प्रकृयामा सहभागीता नजनाउने हो भने गठबन्धनसँग र अन्यसँग १२/१२मत रहन्छ। यति बेला नागरिक उन्मुक्ति कांग्रेससँगको हाराहारीमा पुग्छ।

उनले कैलारी गाउँपालिकाका अध्यक्षको हकमा कारबाही फुकुवाका लागि प्रयास भैरहेको जानकारी दिए। स्रोतका अनुसार कांग्रेसले स्वतन्त्र हमाललाई समेत आफ्नो पक्षमा पार्न कसरत गरिराखेको छ। तर उनले पाँच वर्षसम्म पूर्ण रुपमा स्वतन्त्र रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकाले कुनै एक पक्षलाई भोट हाल्ने सम्भावना नरहेको स्रोतको दाबी छ।

स्थानीय निर्वाचनका क्रममा जिल्लाका विभिन्न पालिकामा गठबन्धन दलहरुबीच तिक्तता बढेका कारण जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति नहुने सम्भावना बढेको देखिन्छ। उनीहरुले सहयोग नगरेको भन्दै एक अर्काप्रति आरोप प्रत्यारोप समेत लगाउने गरेको पाइएको छ।

टीकापुर नगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमेयर जित्दै गर्दा कांग्रेसका मेयर पराजित भएका छन्। त्यस्तै लम्कीचुहामा कांग्रेसले मेयर जितेको छ भने माओवादी केन्द्रले उपमेयरले हार्नु परेको छ। गोदावरीमा कांग्रेसका मेयरले जिते भने नेकपा एकीकृत समाजवादीका उपमेयरले हारे।

बर्दगोरीया गाउँपालिकामा माओवादी केन्द्रका उपाध्यक्ष जिते भने गठबन्धनका तर्फबाट कांग्रेसलाई हराउँदै अध्यक्षमा नेकपा एमालेले बाजी मार्‍यो। स्थानीय तहको निर्वाचन परिणाम पछि गठबन्धन दलहरुबीच बढेको तिक्तता कुनैकुनै पालिकामा देखिन थालेको छ।

टीकापुर नगरपालिकामा नगर कार्यपालिकाको निर्वाचनमा कांग्रेस र नागरिक उन्मुक्तिबीच सहमति जुटेको बताइएको छ। कुल ८ सदस्यमध्ये ५ नागरिक उन्मुक्ति र ३ कांग्रेसले लिने सहमति भएको स्रोतको दाबी छ। गठबन्धन दलहरुबीच सहमति जुट्न नसके नागरिक उन्मुक्तिझन सशक्त रुपमा बलियो हुने देखिन्छ।

उसले कांग्रेस एक्लैसँग मिले स्पष्ट बहुमत पुग्नेछ भने अन्य दलहरुसँग मिले सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेससँग प्रतिस्पर्धा गर्नेछ। नागरिक उन्मुक्तिले जिल्ला समन्वय समितिको निर्वाचनलाई लक्षित गरेर सबै दलहरुसँग छलफल भैरहेको जनाएको छ।

प्रवक्ता दामोदर पण्डितले अहिले नै ठोस निर्णय गर्ने अवस्थामा नपुगेको बताए। उनले संयोजकको दाबी गरेर अन्य पार्टीहरुसँग छलफल अघि बढेको जानकारी दिए। ‘संयोजकमा हाम्रो स्वभाविक दाबी हो’ उनले भने–‘जसले संयोजक दिन्छ उसैसँग सहकार्य हुन्छ।’ यो दल पाँच महिना अघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको हो।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com